२२ माघ, काठमाडौ । आजकल बजारमा सामान किन्न जाँदा पसलेले सबैभन्दा पहिले चीनमा बनेको सामान नै देखाउने गर्छ । चीनमा बनेको सामानले बजार यति धेरै कब्जा गरेको छ की पसलले हामीले नचाहेपनि देखाउने गर्छन् । उनीहरूसँग सबैभन्दा धेरै सामान नै आजकल चीनको हुने गरेको छ ।
मेड इन चाइना' ट्याग भएका सामान जतासुकै पाइन्छन् । यस्तै हामी पनि ती सामान किन्न कत्ति पनि हिच्किचाउने गरेका छैनौ । चीनको सामान भनेपछि केही नसोची हामी पनि सस्तोमा पाइन्छ भन्दै किन्ने गर्छौ ।
तर, भारतमा एक युवतीको खुट्टा चीनमा बनेको चप्पल लगाउँदा निकै बेजोग भएको छ । चीनमा बनेको चप्पल लगाउँदा ती युवतीको खुट्टामा चप्पलका फित्ताले खुट्टा जलाएको छ । चप्पलको फित्ताले युवतीको खुट्टा पुरै जलेको छ । फित्ताकै आकारमा खुट्टा जलेर रातो भएको छ । चप्पलमा प्रयोग गरिएको रसायनका कारण ती युवतीको खुट्टा यस्तो भएको बताइएको छ ।
यो घटनापछि उक्त चप्पल बजारबाट फिर्ता लिइएको छ ।