2015-05-12

राजधानीमा अहिले राती २ बजेर १० मिनेट जाँदा फेरि भुकम्पको धक्का महशुस गरिएको छ। काठमाडौं र उपत्यका आसपासका जिल्लाहरुमा फेरि भूकम्प गएको छ ।

भूकम्पपछि मानिसहरु घरबाट बाहिर आएका छन् । वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनोशकारी भूकम्पपछि कम्पन आउन केही कम भएपछि मानिसहरु घरभित्रै सुत्न थालेका थिए तर हिजोको भूकम्पले त्रसित भएर बाहिर सुतिरहेका मानिसहरु आधारातमा डरै डरले आत्तिईरहेका छन।



हिजै मात्र ७.३ रेक्टरको भूकम्पले आएर सर्वसाधारणलाई तर्साएको थियो । बिस्तारै कम हुदै गईसकेको भूकम्पको कम्पन पून बढ्दा सर्वसाधारण त्रसित भएका हुन ।

Show more